दोस्रो डोज खोप लगाउन बाँकेमा २०,५३९ जना बाँकी

दोस्रो डोज खोप लगाउन बाँकेमा २०,५३९ जना बाँकी
SASA INFOSYS

बनेपा २८ जेठ ।

बाँकेमा कोरोना–१९ विरुद्धको कोभिशिल्ड खोपको दोस्रो डोज लगाउन बाँकी संख्या २० हजार ५३९ जना रहेका छन् ।

बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार कोभिशिल्डको पहिलो डोज लगाउने संख्या ३०,७०६ जना रहेकोमा दोस्रो मात्रा लगाउन बाँकी रहेका संख्या २०,५३९ जना छन् ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार कोभिडशिल्डको दुवै डोज लगाउने संख्या १०१६७ जना रहेका छन् ।

जेठ २५–२७ गतेसम्म भेरोसेलको पहिलो डोज लगाउने संख्या ७४२४ जना रहेको उहाले बताउनुभयो  ।