नेता थापाको निधनप्रति कांग्रेसद्वारा दुःख व्यक्त

कांग्रेसले मंगलबार विज्ञप्ति जारी गर्दै एक उदयमान युवा नेताका रुपमा आफूलाई स्थापित गर्न सफल थापाको निधनले नेपाली राजनीतिमा ठूलो क्षति पुगेको बताएको छ ।

SASA INFOSYS

१८ जेठ, काठमाडौं । विवेकशील साझा पार्टीका पूर्व संयोजक तथा तत्कालीन विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्वल थापाको निधनप्रति नेपाली कांग्रेस दुःख व्यक्त गरेको छ ।

कांग्रेसले मंगलबार विज्ञप्ति जारी गर्दै एक उदयमान युवा नेताका रुपमा आफूलाई स्थापित गर्न सफल थापाको निधनले नेपाली राजनीतिमा ठूलो क्षति पुगेको बताएको छ ।

कोरोना संक्रमित भएर अस्पतालमा उपचाररत थापाको मंगलबार दिउँसो निधन भएको हो ।