बुद्ध एयरको सिटमा भेटियो १० हजार ८ सय अमेरिकी डलर
बनेपा ११ वैशाख ।
काठमाडौं । भद्रपुरबाट काठमाडौं आएको बुद्ध एयरको जहाजको सिटमा बेवारिसे अवस्थामा अमेरिकी डलर भेटिएको छ । नेपाल प्रहरीका अनुसार त्रिभुवन विमानस्थलको आन्तरिक उडानतर्फ विमान पार्किङ स्थलमा विमानस्थल १ सय दरका १ सय ८ थान नोट भेटिएको हो ।
यस्तो रकम १० हजार ८ सय अमेरिकी डलर हुन आउँछ । यो रकम शनिबार साँझ बरामद भएको प्रहरीले जनाएको छ ।
जहाजको सिटमा छालाको ह्यान्ड ब्यागमा डलर भेटिएको हो । प्रहरीले डलर बरामद गरि अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाएको नेपाल प्रहरीले जानकारी गराएको छ ।

