प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा सडक प्रदर्शन

प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा सडक प्रदर्शन
SASA INFOSYS

बनेपा २७ असार ।

प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा राष्ट्रिय युवा संघले सडक प्रदर्शन गरेको छ । 

संघमा आबद्ध नेता, कार्यकर्ताले वर्तमान सरकार र नेकपा एमालेविरुद्ध घेराबन्दी भएको भन्दै काठमाडौंमा प्रदर्शन आयोजना गरेका हुन् । 

विपक्षी गठबन्धनको असंवैधानिक भन्दै नयाँ बानेश्वरबाट सुरु भएको र्‍याली माइतीघरमा पुगेर सभामा परिणत भएको थियो । 

सहभागीले 'आजलाई होइन भोलिलाई १० वर्ष ओलीलाई', 'कानुनी शासन कायम गरौं', 'बौद्धिक अराजकताको अन्त्य गरौं' लगायतका नारा लगाएका थिए ।