बनेपा १८ वैशाख ।
नेकपा एमाले भुम्लुगाउपालिकाको अध्यक्ष पदका उमेदवार प्रेम लामाद्वरा मुलर्खक भिमसेनलाई साक्षि राखि चुनावि घोषणा पत्र सार्वजिक गरिएको छ ।
नेकपा एमाले भुम्लुगाउपालिका सापिङ्ग वडा कमिटिले आयोजना गरेको घरदैलो कार्यक्रमको अवसरमा अध्यक्ष पदका उमेदवार प्रेम लामाले मुलर्खक भिमसेनलाई साक्षि राखि आफ्नो चुनावि घोषना पत्र सार्वजिक गरेका छन कार्यक्रममा पालिका उपप्रमुख पदका उमेदवार कल्पना श्रेष्ठ,नेता नकुल पराजुलि,सापिङ्ग वडाका अध्यक्ष पदका उमेदवार छत्र श्रेष्ठ,वडा सदस्यहरु गणेश बाहादुर बुढाथोकि ,चन्द्र पहरि, विष्णुमाया तामाङ्ग ,जुनकिरि कामी ,लगाएत एमाले कार्यकर्ताको वाक्लो उपस्थिति रहेको थियो ।
चुनावि घोषना पत्र सार्वजनिक गर्दै भुम्लुमा आफ्नो नेतृत्वको प्यानलले चुनाव जित्नेमा कुनै दुविधा नरहेको स्पष्ट पार्दै भुम्लु वासि आम जनतालाई ढुक्क भएर सुर्य चिन्हमा मतदान गर्न अनुरोध गरेका छन ।
घोषना पत्र अन्य राजनिति दलको भन्दा पृथ्क र उत्कृष्ट रहेको हुदा हाम्रा ती उत्कृष्ट कार्यक्रहरुले पाच वर्षमा भुम्लुको मुहार फेरिने र सबैले परिवर्तन महसुस गर्न सक्ने एक नमुना गाउपालिका वनाउने हाम्रो अभियान रहेकोले यो निर्वाचनमा अाफ्नो अमुल्य मत दिई निर्वाचित गराउन अनुरोध गरेका छन ।
चेनता भनेकै शिक्षा भएको हुदा भुम्लुको शिक्षामा आमुल परिवर्तन गर्न सक्ने खालका आफ्ना चुनावि घोषना पत्रमा समेटिएको हुदा आगामि पाच वर्षमा जनमुखि शिक्षा ,प्राविधिक शिक्षा व्यवाहारिक शिक्षा जस्ता पाटोमा सुधार गर्दै गुणस्तरिय शिक्षामा जोड दिने महत्पुर्ण योजनालाई प्राथामिकताका साथ लागू गर्दै सामुदायिक विद्यालयलाई नमुना विद्यालयको रुपमा विकास गर्ने र निजि विद्यालयको भन्दा उत्कृष्ट शैक्षिक जनसक्ति उत्पादन गर्ने हाम्रो लक्ष्य रहेको र साथै पर्यटनविकासमा भुम्लुको धार्मिक स्थलको विकास ,जल पर्यटनको विकास जस्ता पक्षलाई ध्यान राखि आन्तरिक तथा वाह्य पर्यटकलाई भित्र्याउदै भुम्लुलाई समृद्ध र विकसित भुम्लु हाम्रो सपना एमालेको विजय जनताको चाहाना भन्ने नाराका साथ जनता माझ आफ्नो चुनावि घोषना पत्र भिमसेनलाई साक्षि राखि समृद्ध भुम्लु बनाउने प्रतिवद्धता व्यत्त गरेका छन ।
भुम्लुको परिवर्तन ,विकास ,शिक्षा स्वाथ्य जस्ता आधारभुत कुराहरु पूरा गर्ने विकल्प भनेकै नेकपा एमाले पार्टि भएको र एमालेको लहर भुम्लुमा उत्साहपुर्ण जनताकोविच लोकप्रिय पाटिको रुपमा परिचित भईसकेकोले अन्य राजनितिक दलको गठबन्धले एमालेलाई कुनै फरक नपर्ने हुदा ढुक्क भएर आफ्ना कार्यकर्तालाइ घरदैलो अभियानमा लाग्न भुम्लु गाउपालिका अध्यक्ष पदका उमेदवार प्रेम लामाले अनुरोध गरेका छन ।।