विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचो) ले थप तीन भेरियन्टलाई ग्रीक अल्फाबेटअनुसार नामाकरण

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचो) ले थप तीन भेरियन्टलाई ग्रीक अल्फाबेटअनुसार नामाकरण
SASA INFOSYS

बनेपा १९ जेष्ठ । 

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचो) ले थप तीन भेरियन्टलाई ग्रीक अल्फाबेटअनुसार विभिन्न नाम दिएको छ । 

अहिले नयाँ नाम दिइएका तीनओटा भेरियन्ट अफ कन्सर्न (भीओसी) हरुमा जिटा (पी ।२), इटा (बी ।१ ।५२५) र थिटा (पी ।३) छन् । यीनीहरुको जनस्वास्थ्यमा कति असर पर्छ भन्ने अध्ययनकै क्रममा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलले बताउनु भयो ।

यसअघि डब्ल्लूएचओले बेलायतमा भेटिएको भेरियन्टलाई (बी ।१ ।१ ।७) ‘अल्फा’, ब्राजिलमा भेटिएको भेरियन्टलाई (पी ।१) ‘गामा’, दक्षिण अफ्रिकामा भेटिएको भेरियन्टलाई (बी ।१ ।३५१) ‘बेटा’ र भारतमा भेटिएको भेरियन्ट (बी ।१ ।६१७ ।२) लाई ‘डेल्टा’ नामाकरण गरेको थियो । 

भारतमै फेला परेको अर्को भेरियन्ट (बी ।१ ।६१७ ।१)लाई कप्पा नाम दिइएको थियो । मन्त्रालयका प्रवक्ता डा । पौडेलले अल्फा भेरियन्ट १६० मुलुक, बेटा भेरियन्ट ११३ मुलुक, गामा भेरियन्ट ६४ र डेल्टा भेरियन्ट ६२ मुलुकमा फैलिएको बताउनु भयो ।

हिलो लहरको कोरोनाबाहेक नेपालमा पनि गामा र डेल्टा नामक भेरियन्टले ठूलो असर पारेको उँहाले बताउनु भयो ।

यसअघि मुलुकमा उत्पत्ति भएको आधारमा कोरोना भेरियन्टलाई चिनिने गरेको थियो । विभिन्न देशले यसमा आपत्ति जनाएपछि डब्ल्यूएचओले उक्त भेरियन्टहरुलाई ग्रीक अल्फाबेटअनुसारको नाम दिएको हो ।