नेपाली काङ्ग्रेस वडा नं. ९ मण्डनदेउपुरको घर दैलो कार्यक्रम सुरु
बनेपा १९ वैशाख ।
वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको लागि जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नं. ९ मा नेपाली कांग्रेसले चुनावी गतिविधिलाई तिब्रता दिईएको छ । चुनावी कार्यतालिका अनुसार वैशाख ३० गते आउन केही दिन मात्र बाँकी रहदा नेपाली कांग्रेसको घरदैलो कार्यक्रम सुरु गरिएको हो ।
मण्डनदेउपुर गठबन्धनका साझा उपमेयर उम्मेदवार बिष्णु मणि नेपालको उपस्थितिमा आज बिहान मकैटारबाट नेपाली काङ्ग्रेस वडा नं. ९ को घर दैलो कार्यक्रमको शुभारम्भ गरिएको हो । वडा अध्यक्ष पदका उम्मेदवार सिताराम श्रेष्ठ, वडा सदस्यहरु सबिना बिसुन्खे,मैयादेबी तिवारी,टेक ब.तामाङ ,बिष्णु प्रसाद नेपाल र नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधी भोला नेपाल लगायत पार्टीका नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थितिमा घरदैलो कार्यक्रमलाई अघि बढाईएको छ ।
मण्डनदेउपुर नगरको वडा नम्बर ९ मा नेपाली काङ्ग्रेसको जित निश्चित रहेको र जनताको अभिमत आफ्नो पक्षमा आउने वडा अध्यक्षका उम्मेद्धार सिताराम श्रेष्ठले बताउनुभयो । वडा अध्यक्षमा आफू निर्वाचित भएपछि वडाबासीको तिव्र विकासको आकाक्षांलाई सम्बोधन हुने गरी आफुले योजनाबद्ध काम गर्ने र त्यसका लागि बृहत योजना सहित अहिले चुनावी मैदानमा उभिएको पनि उहाँको भनाई छ ।

