आजदेखि मनसुन थप सक्रिय पर्सिसम्म पानी पर्ने सम्भावना
बनेपा २ श्रावण ।
आजदेखि मनसुन थप सक्रिय भएको छ ।
काठमाडौं उपत्यका र प्रदेश दुई तथा गण्डकीमा पानी परिरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति, भोली र पर्सिसम्म पानी पर्ने सम्भावना रहेको छ ।
अबको तीन दिन पश्चिम तराईमा बढी पानी पर्ने तथा पहाड र हिमाली क्षेत्रमा तुलनात्मक रुपमा कम पर्ने जनाइएको छ। भोलि सुदूरपश्चिम, कर्णाली, लुम्बिनीका केही ठाउँमा ठूलो पानी पर्ने र पर्सि प्रदेश एक, प्रदेश दुई, वाग्मती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।
अरु ठाउँमा पनि हल्कादेखि मध्यमखालको पानी पर्ने सम्भावना रहेको महाशाखाका मौसमविद्ले जानाएको छ । बाढी पूर्वानुमान महाशाखाले मनसुन थप सक्रिय भएकाले केही नदी तथा खोलामा बाढीको जोखिम बढ्ने भएकाले सावधानी अपनाउन आग्रह गरेको छ ।

