प्रेस चौतारी नेपाल काभ्रेको अध्यक्षमा भुवन रायमाझी

प्रेस चौतारी नेपाल काभ्रेको अध्यक्षमा भुवन रायमाझी
SASA INFOSYS

बनेपा ।

 प्रेस चौतारी नेपाल काभ्रेको अध्यक्षमा भुवन रायमाझी निर्विरोध चयन भएका छन् । प्रेस चौतारी नेपाल काभ्रे शाखाको ७ औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा भुवन रायमाझी निर्विरोध चयन भएका हुन् ।

अधिवेशनबाट उपाध्यक्षमा रामसुन्दर आचार्य, महिला उपाध्यक्षमा सरिता सापकोटा, सचिवमा जगतमान बल, सह–सचिवमा अरबिन्द्र गौतम, सह–सचिव (समावेशी)मा चित्र तामाङ, कोषाध्यक्षमा काजल तामाङ सदस्यमा विकास तिमल्सिना, मणिराम दाहाल, अनिष पोखरेल, नवराज ढकाल, रञ्जित बोहोरा, कपिल कुमार दनुवार, सुशीलराज गिरी, बालकृष्ण बजगाई, शिशिर लामा र प्रदिप भण्डारी चयन भएका छन् ।