मानुषी लघुवित्तको प्राथमिक सेयर आज बिहान बाँडफाँड हुँदै

मानुषी लघुवित्तको प्राथमिक सेयर आज बिहान बाँडफाँड हुँदै
SASA INFOSYS

बनेपा ७ भाद्र । 

मानुषी लघुवित्तको प्राथमिक सेयर (आइपिओ) आज (सोमबार) बिहान बाँडफाँड हुँदै छ । बिक्री प्रवन्धक एसबिआई मर्चेन्ट बैंकिङका अनुसार बिहान साढे ८ बजे आइपिओ बाँडफाँड गरिनेछ । 

आइपिओमा २३ लाख बढीले आवेदन दिएका छन् । धेरैको हात्त रित्तो हुने भएको छ । जम्मा ३६ हजार ८५९ जनाले १० कित्ताका दरले र तीमध्येबाटै ३ जनाले थप १–१ कित्ताका दरले सेयर पाउने छन् । 

कम्पनीले अंकित मूल्य १ सयका दरले सर्वसाधारण समूहको कुल ३ लाख ९३ हजार ७५० कित्ता आइपिओ जारी गरेको हो ।

जसमध्ये कर्मचारी र सामुहिक लगानी कोषका लागि छुट्याएपछि बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता सेयर सर्वसाधारणका लागि बाँडफाँड हुनेछ ।