पार्टी एकता जोगाउन तटस्थ बस्ने घनश्याम भुसाल

पार्टी एकता जोगाउन तटस्थ बस्ने घनश्याम भुसाल
SASA INFOSYS

बनेपा ३ श्रावण । 

नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले पार्टी एकता जोगाउन तटस्थ बस्ने निर्णय लिएको बताएका छन् ।

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्षले विश्वासको मत दिने भएपछि भुसाल सहित माधव नेपाल समूहका केही सांसद तटस्थ बस्ने भएका छन् । 

‘हाम्रो कदम संविधान र संसद जोगाउने थियो । संसद जोगियो, अब पार्टी एकता जोगाउँछौं,’ भुसालले भने । ठाकुर पक्षले विश्वासको मत दिने भएपछि संसद भवनमै माधव समूहका सांसदहरुको बैठक बसेको थियो ।