उपचारका लागि माओवादी नेता पुन बैंकक प्रस्थान

उपचारका लागि माओवादी नेता पुन बैंकक प्रस्थान
SASA INFOSYS

बनेपा १३ असोज । 

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ थप उपचारका लागि थाइल्याण्डको बैंकक प्रस्थान गरेका छन् । उनी पत्नी ओनसरी घर्तीसँगै हिमालयन एयरबाट बुधबार बिहान त्यसतर्फ लागेका हुन् ।

नेता पुन स्वास्थ्य भिसामा गएका हुन् । सामान्य भिसामा जाँदा क्वारेन्टिन बस्नुपर्ने भएपछि उनी स्वास्थ्य भिसामा गएका हुन् । स्वास्थ्य भिसामा गएपछि सीधै अस्पतालमा उपचार गर्न पाउने बताइएको छ । 

पूर्व अर्थ तथा उर्जामन्त्री पुनको उपचार बैंककको समितिभेज अस्पतालमा हुनेछ । 

जण्डिसबाट ग्रसित उनको केही दिनअघि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भएको थियो । नर्भिकमा निको नभएपछि थप उपचारका लागि उनी बैंकक गएका हुन् ।

नेता पुन चिकित्सकहरूको सल्लाहमा थप उपचारका लागि बैंकक गएको बताइएको छ । 

यस्तै सोमबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले समेत पुनलाई भेटेर बैंककमा थप उपचार गर्न सुझाव दिएका थिए ।