बनेपा नगरमा चुनाव लक्षित घरदैलो अभियान सुरु
बनेपा १३ वैशाख ।
बनेपा नगर कमिटिको नारा काभ्रेको अरु पालिकाको भन्दा भिन्न रहेको छ । बनेपा नगरको बिभिन्न गाउँ गाउँमा गएर एमालेको नारा "हामिलाई जिताउनुस विकास गर्छौ सारा रहेको छ ।"
वैशाख ३० मा हुने स्थानिय तह निर्वाचनको लागी जिल्लाको नगरपालिकाको चुनावी गतिबिधिलाई तिब्रता दिएको छ । २०७९ को चुनावी कार्यतालिका अनुसार वैशाख ११ र १२ गते सञ्चालन भएको मनोनयन दर्ता कार्यक्रम सम्पन्न भए लगत्तै बनेपा नगरपालिकामा एमालेले घरदैलो कार्यक्रम सञ्चालन गरेको हो ।
बनेपा नगरपालिकाको वडा नं १ बाट एमाले ले घरदैलो कार्यक्रम सुरु गरेको हो । चुनावी प्रचार-प्रसार सँगै वडाका अग्राज व्यक्तीहरु सँग आशिर्बाद लिन बनेपा नगरपालिकाका प्रमुख उम्मेदवार रत्नकुश रंजित उप-प्रमुखका उम्मेदवार बिमला सापकोटा दाहाल वडा अध्यक्ष / वडा सदस्यका उम्मेद्वार लगायत दलका प्रतीनिधीहरु जनताको घरदैलोमा पुगेका थिए । पाण्डे गाउँमा भएको चुनावी सभालाई सम्बोधन गर्दै उम्मेद्वार जनप्रतीनिधी हरुले अबको निर्वाचनमा यस वडा बाट नेकपा एमाले लाई जिताउन आग्रह गर्दै उक्त क्षेत्रको खानेपानी,कृषी र बाटो लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर बिकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।

