काठमाडौंमा १८ वर्ष माथिकालाई पनि जोन्सन एन्ड जोन्सनको खोप दिइने
बनेपा ६ श्रावण ।
सरकारले बुधबारदेखि १८ वर्षमाथि उमेरसमूहका लागि पनि जोन्सन एन्ड जोन्सनको खोप दिने भएको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले १८ वर्ष उमेर समूहका माथिका लागि खोप दिने निर्णय भएको जानकारी दिनुभयो । 'खोप उघ्रिएकाले १८ वर्ष माथिकालाई लगाउने निर्णय भएको छ ।'
जोन्सन खोप एक मात्रा मात्र लगाइन्छ । यसअघि यो खोप ५० देखि ५४ वर्ष उमेर समूहकालाई दिइएको थियो । साथै, पूर्ण र अति अशक्त अपाङ नागरिक, नेपालमा बसोबास गरिरहेका शरणार्थी र यसअघिका छुटेका फ्रन्टलाइनरहरुलाई पनि यो खोप लगाइएको थियो ।

