बनेपाको दुई धार्मिक स्थल चण्डेश्वरी र गोसाईस्थान जोड्न १६ सय सिँढी निर्माण

बनेपाको दुई धार्मिक स्थल चण्डेश्वरी र गोसाईस्थान जोड्न १६ सय सिँढी निर्माण
तस्विर विकास तिमल्सिना
SASA INFOSYS

बनेपा २४ चैत ।

  • विकास तिमल्सिना

बनेपा नगरपालिकाले ऐतिहासिक चण्डेश्वरी मन्दिर र गोसाईस्थान दुई ठुला धार्मिक स्थललाई जोड्न १६ सय सिँढी निर्माण गरेको छ । दुबै धार्मिक स्थलमा आउने पर्यटकहरुका लागि उक्त सिँढीको मार्गबाट ओहोर–दोहोर गर्न सहज हुनेछ । पर्यटकीय पदमार्ग पुर्वमन्त्री एवं संघीय सांसद गोकुल बास्कोटा, नगर प्रमुख लक्ष्मीनरसिं बादे श्रेष्ठ, उपप्रमुख रेखा सापकोटा दाहाल, प्रमुख प्रशासकिय अधिकृत कविराज उप्रेती, वडा अध्यक्षहरु, कर्मचारीहरुको सहभागितामा अवलोकन गरिएको छ ।


मन्दिर तथा धार्मिक स्थलसँगै धार्मिक वनका रुपमा समेत चण्डेश्वरी र गोसाईस्थानको साुमदायिक बनलाई लिईन्छ । रक्तचन्दन, गुराँस तथा अन्य मसलायुक्त रुखहरुको बाक्लो जंगलको बीचबाट निर्माण गरिएको सिँढी आर्कषक छ । एउटा पनि रुख नमासिकन निर्माण गरिएका एक हजार ६ सय सिँढी निर्माणसँगै पर्यटकको चहलपहल बढेको छ ।
उक्त मार्गमा विद्युत, खानेपानी, बस्ने स्थानहरु, रेलिङ्ग, लगायतका संरचना निर्माण गरिने प्रमुख प्रशासकिय अधिकृत कविराज उप्रेतीले जानकारी दिनुभयो । बनेपा नगरपालिका र पर्यटन मन्त्रालयको पाँच करोड ३५ लाख रुपैयामा उक्त आयोजना निर्माण शुरु गरिएको हो । ८ फिट चौडाई, साईड ड्रेन, पार्किङ, बगैंचा, सार्वजनिक शौचालय, पिकनिक स्पोर्ट लगायतका संरचनाहरु सिँढीको आसपास निर्माण हुनेछ । सिंढीको लम्बाई डेड किलोमिटर छ ।