मेयरको टिकट नपाएपछी काँग्रेश सभापतिको स्वतन्त्र उम्मेद्धार दिने घोषणा
बनेपा १२ वैशाख ।
२०७९ वैशाख ३० गते हुन गैरहेको स्थानीय तह निर्वाचनमा सबै राजनितिक दलहरुले आ-आफ्ना उम्मेद्धारहरु तोकिसकेको छ । सत्ता गठबन्धनका प्रमुख पार्टीहरु एकिकृत समाजवादी,माउवादी केन्द्र र नेपाली कांग्रेसले आउदो यही स्थानीय तहको निवार्चनमा पनि गठबन्धन गरी अगि बढ्ने निर्णय गरेको थियो तर सबै ईच्छुक देखिएका लाई भाग वन्डा नमिलेको हुँदा कतिपय पालिकाहरुमा उम्मेद्धारहरु रुष्ट देखिएका छन ।
यसको प्रत्यक्ष्य प्रभाब धुलिखेल गठबन्धनमा प्रष्ट देखिएको छ । गए राति धलिखेलमा एकिकृत समाजवादीका दयासागर श्रेष्ठले मेयरको टिकट पाए भने नेपाली कांग्रेसका नगर सभापति विदुर बस्नेतले उपमेयरको टिकट पाए सगै उक्त निर्णयलाई मत र संगठनका हिसाबमा कमजोर पार्टीले प्रमुख पद हात पारेको र मत र संगठनका हिसाबमा केही ठुलो मानेको पार्टीले उपमेयर पाएकोमा नगर सभापति बस्नेत ले आफ्नो असन्तुष्टि जाहेर गरेका छन । उक्त निर्णयलाई अस्विकार गर्दै स्वतन्त्र उम्मेद्धार दिने घोषणा गरेको उहाँले जानकारी दिनुभयो ।

