एमाले नेपाल पक्षको स्थायी कमिटीको बैठक आज बस्दै

एमाले नेपाल पक्षको स्थायी कमिटीको बैठक आज बस्दै
SASA INFOSYS

बनेपा २२ जेठ ।

नेकपा एमालेको माधव नेपाल पक्षका स्थायी कमिटीको बैठक बस्दै छ । दुई केन्द्रीय कमिटीको दुई दिने बैठकलगत्तै नेपाल पक्षले शनिबार स्थायी कमिटीको बैठक बोलाएको हो।

दिउँसो एक बजेका लागि बोलाइएको बैठकमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने एक नेताले जानकारी दिनुभयो । 

बिहीबार र शुक्रबार गरी दुई दिनसम्म चलेको नेपाल समूहका केन्द्रीय सदस्यहरुको भर्चुअल बैठकले अध्यक्ष केपी शर्मा ओली पक्षसँग वार्ताको ढोका खुल्ला राख्ने तर वार्ता धेरै नलम्ब्याउने निचोड निकालेको थियो।

नेपाल समूहका एमाले नेता युवराज ज्ञवालीले २०७५ जेठ २ को अवस्थामा पार्टीलाई फर्काएर मात्र नहुने बरु ओलीले संसद विघटन गल्ती थियो भनेर आत्मालोचना पनि गर्नुपर्ने बताएका छन्।