धुलिखेल नगरको घरदैलो कार्यक्रम कै बिच एमालेमा प्रवेश गर्ने को लर्को

धुलिखेल नगरको घरदैलो कार्यक्रम कै बिच एमालेमा प्रवेश गर्ने को लर्को
तस्विर सागर आचार्य
SASA INFOSYS

सागर आचार्य 

धुलिखेल नगरपालिका वडा नं ९ मा आज घरदैलो कार्यक्रम सम्पन्न भएको छ ।  घरदैलो कार्यक्रममा नेकपा एमाले पार्टी प्रवेश गर्न चाहाने हरुको निकै ठुलो भिड देखिएको थियो । आज उक्त कार्यक्रममा देशका लागि दस वर्ष जनयुद्ध लडेका लडाकु गणेश हुमागाई लगायत नेकपा एमाले जिन्दावाद भन्दै माओवादी केन्द्र बाट एमालेमा प्रवेश गर्नुभएको छ ।

केही समय अगि नेकपा एमाले बाट कांङ्ग्रेस गएका निबर्तमान कार्यपालिका सदस्य अर्जुन भुजेल काङ्ग्रेसको भन्दा एमालेको नीति नियम र बिकास निर्माणका योजनाहरु धेरै राम्रो र राम्रो पार्टी लाई म समर्थन गर्छु भन्दै एमालेमा फर्कने निर्णय लिई आजको घरदैलो कार्यक्रमका बिच नेकपा एमाले जिल्ला अध्यक्ष अशोक कुमार ब्यान्जु ले स्वगत गर्दै टिका र खादा लगाई पुर्ण एमाले मै प्रबेस गराउनु भयो ।

धुलिखेल नगर पालिका वडा नं ९ को घर दैलो कार्यक्रममा देखिएको एमाले प्रती देखिएको सकारात्मक सोच राख्ने वडा बासी र एमाले प्रती देखिएको उत्साहले धुलिखेल वडा नं ९ वडा कमिटी अध्यक्ष राम हुमागाई चुनाव जित्नेमा निश्चित रहेको बताउनु हुन्छ ।

घर दैलो भब्यताको साथ सम्पन्न एमाले प्रवेश गर्नेको लर्को फोटोहरु