घुस खान्न र खान पनि दिन्न – अध्यक्ष उमेदवार गिता

घुस खान्न र खान पनि दिन्न – अध्यक्ष उमेदवार गिता
SASA INFOSYS

बनेपा २६ वैशाख ।

गिता तामाङ अहिले काभ्रेपलाञ्चोक जिल्लामै चर्चित महिला हुनुहुन्छ । गठबन्धनको नाउँमा महिलाको अधिकार खोसको समयमा लामालाई भने एमालेले धुलिखेल नगरपालिका वडा नं ८ मा वडा अध्यक्षको रुपमा अघि बढाएको छ ।

उनलाई थाहा छ म पहाड बोक्न जादैछु भन्ने तर उनले मनोनयन दर्ता गरेको एक सातामै पहाड बोकी सक्नु भएको छ । अब पहाडलाई कसरी प्रयोग गर्ने भन्ने कुरा योजना बनाउँदै हुनुहुन्छ । अर्थात बनेपाको पहाड वडा नं ८  धुलिखेलकै दुर्गम मानिने वडाको अध्यक्ष बन्नु पहाड उचाल्नु जस्तै हो । दुई सातादेखिको घरदैलोमा उहाँलाई आत्मिय माया छ ।

घर दैलो कार्यक्रममा सयौंको साथ पाउनु भएको छ । समृद्ध वडा बनाउने दृढ संकल्प उहाँसँगै छ । महिला भएर हेर्दा कुनै पनि तरिकाले कमजोर देखिनु हुन्न । लामाले अघिल्लो स्थानीय निर्वाचन बाट वडा सदस्यमा विजयी भई ५ वर्षको अनुभव बटुली सक्नु भएको छ। तामाङमा कठोर निर्णय र सबैसँग घुलमिल हुन सक्ने अलौकिक क्षमता छ ।

अभाव दुख र कष्ट व्यहोरेको उहाँसँग अदभ्य साहस छ अनि सबैभन्दा ठूलो कुरा श्रीमानको सदैव सहयोग र मार्ग निर्देशन छ । झट्ट हेर्दा उहाँ महिला उम्मेदवार भएपनि हजारौ योजना पुरा गराउने योजनाकार हो । सडक, खानेपानी, ढल, सिंचाई र पर्यटन विकास गराउने आधारशिला हो । सो वडाका वडाबासीको सपना हो । त्यो सपना वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनबाट मात्रै संम्भव छ ।

घुस खान्न र खान पनि दिन्न । प्रत्येक वडाबासी सङ्ग उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । कडामा कडा र नरममा नरम उहाँको घर दैलो कार्यक्रममा रौनक नै अर्काे हुने गरेको छ । हो गिता पराजित हुँदा उहाँ मात्रै पराजित हुनुहुन्न । महिला आन्दोलन, जनजातीको अधिकार अनि एउटा भेगको अधिकार खोसिन्छ । समृद्धिको आधारमा धक्का लाग्छ । आउनुस सबै मिलेर उहाँको विजयीका लागि हातेमालो गरौ । अनि विजय हुँदा उहाँमात्रै विजयी हुनुहुन्न । एउटा वर्ग समाज र समुदायले समृद्धी पाउनेछ ।