एमाले रोशिको मनोनयनमा उत्साहजनक सहभागिता

एमाले रोशिको मनोनयनमा उत्साहजनक सहभागिता
SASA INFOSYS

बनेपा १३ वैशाख । 

यतिबेला देशैभरि निर्वाचनले माहोल तातीएसंगै राजधानी नजिकैको जिल्ला काभ्रेमा पनि माहोल तातेको छ । गठबन्धन भन्दा निकै छिटो र सजिलैसंग उम्मेदवार छनोट गरेको नेकपा एमालेले आज दिनभरीमा विभिन्न निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गरेको छ ।

जिल्लाको स्थानीय निर्वाचनमा विशेष चासोले हेरिएको रोशी गाउँपालिकाका सबै उम्मेदवारहरुले पनि आफ्नो मनोनयन दर्ता गरेका छन् । रोशी गाउँपालिकामा स्थानीय निर्वाचनका लागि नेकपा एमालेले प्रमुखमा देवसागर लामा र उपप्रमुखमा वविता बोहोरालाई अगाडी सारेको छ ।

  • रोशीको अमलटारमा मनोनयन दर्ता गरेका एमालेका उम्मेदवारहरु यस प्रकारका छन् ।


प्रमुख: देवसागर लामा
उपप्रमुख: वविता बोहोरा
वडा नं १: श्रीदास लामा
वडा नं २: नन्दराज पोखरेल
वडा नं ३: धनजित लामा
वडा नं ४: तेज ब. राना मगर
वडा नं ५: निरध्वज लामा
वडा नं ६: हरीकुमार मैनाली
वडा नं ७: मोहन सिं तामाङ
वडा नं ८: चन्दन लामा
वडा नं ९: जनम तामाङ
वडा नं १०: कुमार हुमागाईं
वडा नं ११: चन्द्रमाया तामाङ
वडा नं १२: रामहरी रायमाझी