आज सुनको मुल्य घट्यो

आज सुनको मुल्य घट्यो
SASA INFOSYS

बनेपा ६ श्रावण । 

नेपाली बजारमा आज सुनको मुल्य घटेको छ । मंगलबार प्रतितोला ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज ७ सयले घटेर ९२ हजार ५ सय रुपैयाँ कायम भएको छ । 

नेपाल सनुचाँदी व्यवसायी महासंघको अनुसार आज तेजाबी सुनको मुल्य प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको छ । हिजो प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, आज चाँदीको मुल्य पनि २० रुपैयाँले घटेको छ । बुधबार चाँदी प्रतितोला १२ सय ६० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।