नेपालगञ्ज मेडिकल कलेजको आधा शेयर सुनील शर्माले किन्ने

नेपालगञ्ज मेडिकल कलेजको आधा शेयर सुनील शर्माले किन्ने
SASA INFOSYS

बनेपा ६ श्रावण । 

मेडिकल शिक्षा व्यवसायी डा । सुनील शर्माले नेपालगञ्ज मेडिकल कलेजको आधा भन्दा बढी शेयर खरिद गरेका छन् ।

शर्मा नोबल मेडिकल कलेज विराटनगरका सञ्चालक हुन् । दुई अर्ब मूल्यांकन गरिएको नेपालगञ्ज मेडिकल कलेजको ५५ प्रतिशत स्वामित्व खरिद गरेका हुन् । 

नेपालगञ्ज मेडिकल कलेजको ५५ प्रतिशत शेयर खरिदका लागि सम्झौता भइसकेको नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले बताए । उनका अनुसार सबै प्रक्रिया भदौभित्र पूरा हुनेछ ।

विराटनगरको नोबेल मेडिकल कलेज उनको एकल स्वामित्वमा छ । प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेसबाट मोरङ क्षेत्र नम्बर ३ को टिकट पाएपछि उनले कलेजको अध्यक्षमा बुवा लोकनाथ न्यौपाने र प्रबन्ध निर्देशक श्रीमती इन्दिरा न्यौपाने बराललाई बनाएका थिए । उनी नोबलमा कार्यकारी भूमिकामा छैनन् ।

उनले गत वर्ष काठमाडौं सिनामंगल काठमाडौं मेडिकल कलेज खरिदको प्रक्रिया शुरु गरेका थिए । शर्मा पिपुल डेन्टल कलेज काठमाडौंको सञ्चालक पनि हुन् ।