प्रधानमन्त्रीओलीद्वारा दाेस्राे पटक संसद् विघटन, कार्तिक २६ र मंसिर ३ मा चुनाव गर्ने मन्त्रिपरिषद्को निर्णय

प्रधानमन्त्री केपी ओलीले संसद् भंग गरेको याे दाेस्राे अवसर हाे । यसअघि प्रधानमन्त्री ओलीले २०७७ पुस ५ गते प्रतिनिधि सभा विघटन गर्दै वैशाखमा निर्वाचन गर्ने घोषणा गरेका थिए तर सर्वोच्च अदालतले फागुन ११ गते सरकारको सो निर्णय उल्टाइदिएको थियो ।

प्रधानमन्त्रीओलीद्वारा दाेस्राे पटक संसद् विघटन, कार्तिक २६ र मंसिर ३ मा चुनाव गर्ने मन्त्रिपरिषद्को निर्णय
SASA INFOSYS

काठमाडौं जेठ ८, २०७८-शुक्रबार मध्यरातमा बसेको मन्त्रिपरिषद्को बैठकले कार्तिक २६ र मंसिर ३ मा चुनाव गर्ने निर्णय गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गरेकाे दाबी पूर्ण नभएको भन्दै खारेज गरेपछि बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा विघटन गरी निर्वाचनकाे घोषणा गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री केपी ओलीले संसद् भंग गरेको याे दाेस्राे अवसर हाे । यसअघि प्रधानमन्त्री ओलीले २०७७ पुस ५ गते प्रतिनिधि सभा विघटन गर्दै वैशाखमा निर्वाचन गर्ने घोषणा गरेका थिए तर सर्वोच्च अदालतले फागुन ११ गते सरकारको सो निर्णय उल्टाइदिएको थियो ।

संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्ने ठोस आधार नदेखिएकोले उक्त उपधारा (५) बमोजिमका दाबीकर्ताको दाबी नपुग्ने देखिएको भन्दै राष्ट्रपति भण्डारीले दुबै दाबीकर्ताको दाबी खारेज गरेकी थिइन् ।