एमालेको लोगो 'सूर्य चिह्नभित्र हँसिया हथौडा' हुने

एमालेको लोगो 'सूर्य चिह्नभित्र हँसिया हथौडा' हुने
SASA INFOSYS

बनेपा २५ श्रावण ।  

नेकपा एमालेले आफ्नो लोगो परिवर्तन गर्नका लागि प्रस्ताव गरेको छ । विधान संशोधन समितिले केन्द्रीय कमिटीमा पेस गरेको प्रस्तावमा पार्टीको लोगो परिमार्जन गर्ने प्रस्ताव गरेको हो । 

केन्द्रीय कमिटीमा सोमबार पेस गरिएको प्रस्तावमा लोगो परिमार्जनबारे उल्लेख छ, 'पार्टीको लोगोलाई सूर्य चिह्नभित्र हँसिया हथौडा रहने गरी परिमार्जन गर्ने ।' 

यसअघि एमालेको लोगको सूर्य थियो । जुन उसको चुनाव चिह्न पनि हो ।

त्यस्तै, पार्टीका औपचारिका कार्यक्रमहरूमा राष्ट्रिय झन्डा र राष्ट्रिय धुन अनिवार्य गर्ने भनेको छ ।