बाढीपहिरो पीडितलाई राम्रो राहत प्याकेज ल्याउँछौं

बाढीपहिरो पीडितलाई राम्रो राहत प्याकेज ल्याउँछौं
SASA INFOSYS

बनेपा ५ कात्तिक । 

प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरो पीडितका लागि सरकारले राहत प्याकेज ल्याउने बताउनु भएको छ । 

आज बिहान कैलालीको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले काठमाडौं फर्किएपछि राहत प्याकेज घोषणा गर्ने बताउनुभयो । 

बाढी पहिरो प्रभावित सुदूरपश्चिम क्षेत्रको भ्रमणका लागि प्रधानमन्त्री देउवा बिहीबार यता आउनुभएको थियो । उहाँ शुक्रबार धनगढी हुँदै काठमाडौं फर्किंदै हुनु हुन्छ ।