एमालेबाट चौरीदेउरालिमा जीतराम र बबिता उम्मेदवार चयन

एमालेबाट चौरीदेउरालिमा जीतराम र बबिता उम्मेदवार चयन
SASA INFOSYS

बनेपा २६ चैत ।

आगामी वैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि दलहरू उम्मेदवार चयनको प्रक्रियामा व्यस्त छन् ।

नगरपालिका प्रमुख र उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष मात्र होइन वडा अध्यक्षको उम्मेदवार टुंग्याउन समेत दलहरूलाई मुस्किल परिरहेको छ । तर जिल्लालो चौरी देउराली गाउँपालिकामा भने नेकपा एमालेले सर्वसम्मत रुपमा पालिका अध्यक्ष र उपाध्यक्षको उम्मेदवार चयन गरेको छ ।

एमाले चौरीले गाउँपालिका अध्यक्षमा पार्टीको गाउँपालिका अध्यक्ष जीतराम लामा र उपाध्यक्षमा बबिता खरेललाई चयन गरेको हो ।

लामा गैसस महासंघका पुर्व अध्यक्षसमेत हुन् । जिल्लाका अन्य पालिकामा भने अझैसम्म उम्मेदवार चयन हुन सकेको छैन ।