सुनकोसी नदी किनारमा बाढीले बगाएर ल्याएका तीनवटा शव फेला
बनेपा ३ असार ।
असार १ गते देखि परेको अविरल बर्षाका कारण देशका बिभिन्न स्थानमा बाढि पहिको गहिरहेको छ ।
त्यस्तै सुनकोसी नदी किनारमा बाढीले बगाएर ल्याएका तीनवटा शव फेला परेको छ । सिन्धुलीको सुनकोसी गाउँपालिका-५ मूलकोटमा एक, वडा नं ६ को कानढुंग्रीमा एक र फिक्कल गाउँपालिका-६ को रत्नावतीनजिकको दोभानमा एक शव भेटिएको हो ।
उक्त शव सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती बाढीले बगाएर ल्याएको हुन सक्ने स्थानीयलाई उद्धृत गर्दै सिन्धुली प्रहरीका डीएसपी मनोजकुमार लामाले बताउनुभयो । सुनकोसी नदी आसपासका बासिन्दालाई किनारमा गई माछा मार्ने र दाउरा संकलन गर्ने काम नगर्न आग्रह गरिएको उहाँले जानकारी दिनुभयो ।

