श्रमिकको सम्मानजनक उपस्थिती हुनुपर्छ सुजाता कोइराला

श्रमिकको सम्मानजनक उपस्थिती हुनुपर्छ सुजाता कोइराला
SASA INFOSYS

बनेपा १९ असार ।

नेपाली कांग्रेसका नेता सुजाता कोइरालाले पार्टीको १४ औं महाधिवेशनमा श्रमिकको सम्मानजनक उपस्थिति हुनुपर्ने बताउनु भएको छ । 

नेपाल ट्रेड युनियन कांग्रेसले आफ्ना संस्थापक अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ९८ औँ जन्मजयन्तीका अवसरमा शुक्रबार आयोजित ‘कांग्रेस महाधिवेशन र श्रमजीवी’ विषयक भर्चुअल अन्तर्क्रिया यामा उनले लोकतन्त्र स्थापनमा श्रमिकको महत्वपूर्ण भूमिका रहेको बताउनु भयो । 

पूर्व उपप्रधानमन्त्री कोइरालाले मुलुकमा प्रजातन्त्र ल्याउनदेखि हरेक आन्दोलनमा श्रमजीवी वर्गले महत्वपूर्ण भूमिका खेलेको बताउँदै आगामी महाधिवेशनमा श्रमिकको सम्मानजनक उपस्थिती हुनुपर्ने बताउनु भयो । वर्तमान सरकारले श्रमिकको समस्या समाधान गर्न नसकेको उहाँको भनाइ थियो ।

पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसको रुपान्तरणका लागि श्रमिकको महन्त्वपूर्ण भूमिका रहेको बताए। पार्टी र श्रमिक सँगसँगै गए मात्र पार्टी बलियो हुने उहाँको भनाइ थियो ।

प्रवक्ता शर्माले सरकारले जनताको हितमा काम गर्न नसकेको बताउनु भयो ।