नारायणगढ–मुग्लिन सडकखण्ड गएरातिदेखि अवरुद्ध

नारायणगढ–मुग्लिन सडकखण्ड गएरातिदेखि अवरुद्ध
SASA INFOSYS

बनेपा २१ असार । 

पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड गएरातिदेखि फेरि अवरुद्ध भएको छ । 

सो सडकखण्डको चौध किलो र सेती दोभानमा लेदोसहितको पहिरो आएर गएराति १० बजेबाट सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । आइतबार सेतीदोभान पहिरो पन्छाएर गएराति पौने १० बजेबाट बाटो एकतर्फी खुलाइए पनि केहीबेरमै अबरुद्ध भएको हो । 

पहिरो खुलाउने प्रयास गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख भगवान थापाले जानकारी दिनुभयो । पानी नपरे दुई–तीन घण्टामा खुलाउन सकिने उहाँले बताउनुभयो । 

प्रहरीले अत्यावश्यक सवारी साधनहरुलाई वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको छ । सडक बन्द हुँदा मुग्लिन र आँपटारी क्षेत्रमा दर्जनौं सवारीसाधन अलपत्र छन् ।