काभ्रेमा तीन जना दलित महिला सदस्यहरु निर्विरोध
बनेपा १३ वैशाख ।
काभ्रेपलाञ्चोक जिल्लामा तीन जना दलित महिला सदस्यहरु निर्विरोध निर्वाचित हुनुभएको छ । विजयी हुनेमा काभ्रेको धुलिखेल नगरपालिका र खानीखोला गाँउपालिकाको उम्मेदवारहरु रहनुभएको छ । धुलिखेल नगरपालिकाको वडा नम्बर ६ मा दलित महिला सदस्य पदमा उठ्नुभएको नेकपा एमालेकी उम्मेदवार पार्वती विश्वकर्मा एक जनाको मात्र मनोनयन परेको थियो ।
यसैगरी काभ्रेको खानीखोला गाउँपालिका वडा नं. १ र २ मा पनि दलित महिला सदस्य निर्विरोध निर्वाचित हुनुभएको छ । निर्वाचित ह’नेमा मसली विक र भगबती बिशोकर्मा रहनुभएको छ । उहाँहरू दुवै जना नेकपा एमालेको तर्फबाट उम्मेदवारी दिनुभएको थियो ।
उहाँहरूको विजयको औपचारिक घोषणा हुन् भने बाँकी नै छ । वैशाख १६ गतेसम्म दाबी विरोध नपरे उहाँहरु निर्विरोध निर्वाचित हुनुहुनेछ ।

