समाज सेवी सागर रने लामा को नेतृत्वमा हेलम्बु ६ मा राहात बितरण

समाज सेवी सागर रने लामा को नेतृत्वमा हेलम्बु ६ मा राहात बितरण
SASA INFOSYS

बनेपा ९ असार ।

सिन्धुपाल्चोकको हेलम्बुमा मंगलबार साँझ आएको बाढी र पहिरो बाट पिडित भएका नागरिकलाई समाज सेवी सागर सागर रने लामा को नेतृत्वमा राहात बितरण गरिएको छ । अबिरल बर्षाले आएको प्राकृतिक बिपत्तिमा थोरै भएनी राहात दिने उदेश्यका साथ उक्त समुहले राहात बितरण गरेको हो । अत्यन्तै दयनीय अबस्थामा रहनुभएका स्थानीयबासी लाई अति अवस्यक पर्ने सोलार प्यानल ,खाने पानी पाईप, कपडा सिरक डस्ना तथा स्वास्थ्य सामाग्री बितरण गरिएको छ ।

हेलम्बु गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष सुरेश लामा लाई पुष्पलाल श्रेष्ठ लगायतको समुहले राहात हस्तान्तरण गर्नुभएको हो ।

गरिव दिन दुखिको सहारा बन्दै आएको पुष्पलाल लगायतको समुहले बिपत्तिमा परेर आफ्नो घर बार गुमाउन पुगेका मनिसहरुको साहारा बन्न साथी साथी बिच रकम सङ्कलन गरेर सहयोग गर्नुभएको हो । हिमाल पहाड तराईमा बसोबास गर्ने सम्पुर्ण नेपाली एक भई प्राकृतिक बिपत्तिमा परेकालाई सहयोग गर्न सागर रने लामाले अनुरोध समेत गर्नुभएको छ ।

पुष्प लाल श्रेष्ठका अनुसार " सोलार प्यानल ३ पिस ब्लन्केट ४५ पिस पि फम २५० मिटर चार्ज गर्न मिल्ने बत्ती ३० पिस टि-सर्ट २०० पिस ट्राक सुट २० पिस लेडिज आउटर १०० पिस तथा खानेपानीको समस्या देखिएकोले मुहान देखी बस्ती सम्म पानी ल्याउन ५०० मिटर खाने पानीको पाईप हेलम्बु गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष सुरेश लामा लाई पुष्पलाल श्रेष्ठ लगायतको समुहले मंगलबार हस्तान्तरण गर्नुभएको हो ।"

सागर रने लामाको नेतृत्वमा गोबिन्द बुडाथोकी , बिकेन लामा मोक्तान , सुमन लामा , प्रेम लामा , केदार मल्ल , पुष्पलाल श्रेष्ठ लगायको समुह राहात बितरण गर्न हेलम्बु पुग्नुभएको थियो ।

वडा अध्यक्ष सुरेश लामा तथा स्थानियले सागर रने लामा र पुष्पलाल लगायको समुहलाई राहात बितरण गर्न आउनुभएकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

राहात बितरण गर्दै गर्दाको केहि तस्विरहरु