उपत्यकामा निषेधाज्ञा थप्न प्रमुख जिल्ला अधिकारीको बैठक बस्दै

उपत्यकामा निषेधाज्ञा थप्न प्रमुख जिल्ला अधिकारीको बैठक बस्दै
SASA INFOSYS

बनेपा १३ असार । 

उपत्यकामा निषेधाज्ञा थप हुने भएको छ । यसबारे निर्णय लिन आइतबार अपरान्ह ४ बजे तीन प्रमुख जिल्ला अधिकारीको बैठक बस्दैछ । 

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले थप केही क्षेत्रलाई सहजीकरण गर्ने गरी निषेधाज्ञाबारे निर्णय लिइने बताउनु भयो । 

प्रशासनले १६ वैशाखदेखि निषेधको आदेश दिएको थियो । श्रृंखलावद्ध रुपमा थपिएको निषेधाज्ञा गत हप्ताबाट खुकुलो पारिएको थियो । हाल प्रशासनले निजी सवारीसाधन र ट्याक्सीलाई जोर-विजोर प्रणालीमा चल्न दिइरहेको छ । 

व्‍यवसायीले सार्वजनिक यातायात समेत चल्‍न दिनु पर्ने माग गरे पनि प्रशासन त्यस विषयमा निष्कर्षमा पुगिसकेको छैन। स्वास्थ्य मन्त्रालयले पनि अहिल्यै सार्वजनिक यातायात खोल्नु घातक हुने बताएको छ । 

व्यवसाय पनि बार अनुसार चलाउन दिइएको छैन ।