झलनाथ खनालको दिल्लीस्थित एपोलो अस्पतालमा उपचार सुरु

झलनाथ खनालको दिल्लीस्थित एपोलो अस्पतालमा उपचार सुरु
SASA INFOSYS

बनेपा २ असार ।

पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको दिल्लीस्थित एपोलो अस्पतालमा उपचार सुरु भएको छ ।


थापाथलीस्थित नर्भिक अस्पतालमा तीन दिनदेखि उपचार गराउँदा पनि सुधार नभएपछि थप उपचारका लागि भारत लगिएको हो।

अत्याधिक ज्वरोसहित रगतमा हेमोग्लोबिनको मात्रा कम भएपछि खनाललाई आज दिल्लीस्थित एपोलो अस्पतालमा लगिएको थियो ।