नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा

नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा
SASA INFOSYS

बनेपा १८ असार । 

पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १०मा पहिरो खसेपछि राजमार्ग अबरुद्ध भएको थियो । 

पहिरो पन्छाएर एकतर्फी यातायात सञ्चालनमा ल्याइएको मुग्लीन प्रहरीले जनाएको छ । दुईतर्फी सञ्चालनमा आउन अझै केही समय लाग्ने प्रहरीको भनाइ छ । 

लेदो माटो र ढुंगासहित पहिरो झर्ने क्रम नरोकिएकाले समस्या भएको मुग्लीनका प्रहरी निरीक्षक रञ्‍जन अवाले जानकारी दिनुभयो ।

पहिरोले अवरुद्ध बाटो एकतर्फी खुलेको छ । थप फराकिलो पार्ने काम भइरहेको छ ।