तालमेल गर्ने/नगर्ने अधिकार स्थानीय कमिटीलाई
बनेपा ३ वैशाख ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चुनावी तालमेल गर्नेनगर्ने अधिकार स्थानीय कमिटीलाई भएको बताउनुभएको छ ।
बुढानीलकण्ठमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले तालमेल गर्ने वा नगर्ने भन्ने विषयमा पार्टीको तल्लो कमिटी स्वतन्त्र रहेको बताउनु भएको हो ।
पर्सामा तालमेल नगर्ने र गुल्मीमा तालमेल गर्ने निर्णय भएको उदाहरण दिंदै उहाँले भन्नु भयो , ‘पार्टीको निर्णयबारे कोही अलमलिनु पर्दैन । स्थानीय तहको साथीहरूले तालमेल गर्ने निर्णय गर्न पनि पाउनु हुन्छ नगर्ने निर्णय गर्न पनि पाउनुहुन्छ । कसैले लाद्न पाउँदैन ।’
गठबन्धनको केन्द्रीय संयन्त्रले स्थानीय तहमा आफ्नो अवस्था र आवश्यकता अनुसार तालमेल गर्न सक्ने निर्णय गरेको भन्दै उहाँले यसको अधिकार तल्लो कमिटीलाई भएको बताउनुभयो ।

