धुलिखेल नगरमा सुरु भयो घर दैलो अभियान

धुलिखेल नगरमा सुरु भयो घर दैलो अभियान
तस्विर सुनिल हुमागाई
SASA INFOSYS

बनेपा १४ वैशाख । 

बैशाख ३० गते हुने स्थानीय निर्वाचनको लागि  नेकपा एमाले घरदैलो अभियान देशै भरी घरदैलो अभियान सञ्चालन भएको छ । एमाले धुलिखेल मेयर पदका उम्मेदवार अशोक व्यान्जु, उप-मेयर पादका उम्मेदवार लालतारा अधिकारी लगायत वडा अध्यक्ष उमेदवार, सदस्य उम्मेदवारहरु पनि अभियान जारी राख्न घरदैलो अभियानमा आज धुलिखेल वडा नम्बर ६ र ७ मा  सक्रिय भएको छ ।
धुलिखेल वडा नम्बर ६ मा भने एमाले खाता खोल्दै एक प्रतिनिधि पनर्वती वि.क सर्वसम्वत चुनिनु भएको छ ।
धुलिखेलमा एमाले ले उम्मेदवारी दर्ता गरेका १२ वटा पालिकाका ६२ जना उम्मेदवारहरु मध्ये अधिकांश घर दैलो अभियानमा जुटेका छन् । नेकपा एमालेले धुलिखेलका १२ वटै वडामा घर दैलो अभियान वडा कमिटीहरुले तय गरेर शुरु गरिएको नगर अध्यक्ष दयाराम महतले जानकारी दिनुभयो 
 घर दैलो अभियानका केहि तस्विर