निर्वाचित वडासदस्य कांग्रेस छाडेर एमालेमा प्रवेश

निर्वाचित वडासदस्य कांग्रेस छाडेर एमालेमा प्रवेश
SASA INFOSYS

बनेपा १३ वैशाख ।

रोशी गाउँपालिका वडा नं. ८ का निर्वाचित वडा सदस्य बिजय थोकर नेपाली कांग्रेस त्यागेर एमालेमा प्रवेश गर्नुभएको छ । स्थानीय तह निर्वाचनको उम्मेदवारी दर्ताको भोलि पल्ट (आज) उहाँ एमालेमा प्रवेश गर्नुभएको हो । 

२०७४ को स्थानीय चुनावमा नेपाली कांग्रेस रोशी ८ बाट निर्वाचित हुनुभएको थोकर रोशी गाउँपालिका सास्कृतिक संघको सभापति तथा रोशी काठमाण्डौं सम्पर्क समितिको उपसभापति समेत रहनु भएको थियो । 

उहाँलाई नेकपा एमालेका जिल्ला अध्यक्ष अशोक व्याञ्जु र नेकपा एमाले रोशी गाउँपालिका अध्यक्ष देवसागर लामाले पार्टीमा स्वागत गर्नुभएको हो ।