मेलम्चीको बहाव बढ्यो, बजारमा बाँकी रहेकाहरु माथि उक्लिए

मेलम्चीको बहाव बढ्यो, बजारमा बाँकी रहेकाहरु माथि उक्लिए
SASA INFOSYS

बनेपा ३ असार ।

 मंगलबारदेखि निरन्तर आएको मेलम्चीको बाढीले अझै विश्राम लिएको छैन ।

आज अपराह्न केही घटेको बाढी फेरि अहिले हेलम्बुबाट बढेर मंगलबारको जस्तै ठूलो आवाजमा आएको इलाका प्रहरी कार्यालय हेलम्बुले जनाएको छ ।

मेलम्चीको बहाव बढेकाले बजारमा बाँकी रहेका मानिसहरु पनि माथि उक्लेका छन् ।