भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवार माओवादी केन्द्रलाई छाड्ने संकेत

भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवार माओवादी केन्द्रलाई छाड्ने संकेत
SASA INFOSYS

बनेपा ०३ वैशाख ।  

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवार माओवादी केन्द्रलाई छाड्ने संकेत गर्नुभएको छ । 

शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा नेताहरुले भरतपुरको मेयर कुनै हालत छाड्न नहुने बताउनु भएको थियो । महामन्त्री गगनकुमार थापाले महानगर र उपमहानगरपालिकाको तालमेलबारे निर्णय गर्नुअघि नगर कमिटी र जिल्लाको राय लिनुपर्ने बताएका छन् भने अर्का महामन्त्री विश्वप्रकाश शर्माले मेयरमा माओवादी केन्द्रले कांग्रेसलाई समर्थन नगरे मित्रवत प्रतिस्पर्धा गर्नुपर्ने बताउनु भयो । 

तर सभापति देउवाले भरतपुर नगर कमिटीको सभापतिले आफूसँग उपमेयर लड्न तयार छु भनिसकेको बताउनु भएको छ । 

साथै कांग्रेसले धोका दिन नसक्ने भन्दै उनले पार्टीका कारण कुनै हालतमा गठबन्धन  टुट्न नहुने बताएको एक नेताले बताउनु भयो । तर सभापति देउवाले भरतपुर नगर कमिटीको सभापतिले आफूसँग उपमेयर लड्न तयार छु भनिसकेको बताउनु भएको छ । साथै कांग्रेसले धोका दिन नसक्ने भन्दै उनले पार्टीका कारण कुनै हालतमा गठबन्धन टुट्न नहुने बताएको एक नेताले बताउनु भयो ।